एक–दुई स्थानमा वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज देशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ । तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

  • १४ माघ २०७८, शुक्रबार ०९:१९ प्रकाशित