ट्याक्टरले किच्दाँ ४ वर्षीय बालकको मृत्यु,चालक फरार

केन्द्रभाग मिडिया

dead

रौतहट ।

रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । फतुवा बिजयपुर ९ बडहरवा टोलमा आज अन टेस्ट नम्बरको सोनालिका ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको हो ।

स्थानीय मनोज यादवले चलाएर लगेको ट्याक्टर बडहरवा गाउँमा रोकिएर राखेको ठाउँमा ब्रेक फेल भई गुड्दा बालकको मृत्यु भएको प्रहरीको भनाई छ । सडकमा खेलिरहेका बालकलाई पछाडिको चक्काले किच्दा उनको मृत्यु भएको इलाका प्रहरीले जानकारी दिएको छ।

घटनालगत्तै चालक मनोज यादव फरार भएको विश्वकर्माले बताए।

  • १३ माघ २०७८, बिहीबार १५:४७ प्रकाशित