आज कुन देशको मुद्रादर कति ? सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज बिहीबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा कायम गरेको ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०३ पैसा कायम छ ।अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०५ पैसा रहेको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्रीदर १० रुपैयाँ ५१ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • १३ माघ २०७८, बिहीबार ०९:३४ प्रकाशित