राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनका पन्त, आलेमगर र सुनार विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका साझा उम्मेद्वार विजयी भएका छन् । प्रतिस्पर्धामा महिला तर्फ गठबन्धनका उम्मेद्वार कांग्रेसकी कमला पन्त, अन्यमा माओबादी केन्द्रका सुरेश कुमार आलेमगर र दलित तर्फ माओवादी केन्द्रकै भुवन सुनार विजयी भएका हुन् ।

पन्तले तीन हजार ४८ मतभार प्राप्त गरि विजयी भइन् । उनका प्रतिस्पर्धि एमालेका लिला पोखरेल थनेतले दुई हजार ७२७ मतभार ल्याइन् ।

अन्य समूहमा गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका माओवादी केन्द्रका सुरेश कुमार आलेमगरले तीन हजार ९६ मतभार ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका पुण्य प्रसाद पौडेलले दुई हजार ६९४ मतभार ल्याए ।

दलित तर्फ माओवादी केन्द्रका भुवन सुनारले तीन हजार ४८ मतभार ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धि एमालेका अर्जुन कुमार सुनामले दुई हजार ७२४मतभार ल्याए ।

  • १२ माघ २०७८, बुधबार १८:५५ प्रकाशित