गण्डकीमा कांग्रेसकी कमला पन्त बिजयी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकीमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा महिला नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेकी गठबन्धनकी उम्मेद्वार कमला पन्त निर्वाचित भएकी छन् ।

उनले नेकपा एमालेका उम्मेद्वार लिला पोखरेल थनेतलाई पराजित गर्दै विजयी भएकी हुन् ।

पन्तले ३ हजार ८४ मतभार प्राप्त गरि विजयी हुँदा प्रतिस्पर्धि पोखरेल थनेतले २७२७ मत ल्याएकी हुन् ।

अन्य उम्मेद्वारको मतगणना जारी रहेको र छिट्टै नतिजा आउने प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलले जानकारी दिए ।

  • १२ माघ २०७८, बुधबार १७:२५ प्रकाशित