स्याङ्जामा एस निकट प्रगतिशील राष्ट्रिय शिक्षक संगठन, बुद्धिजिवी परिषद र पेशागत महासंघ गठन

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जामा नेकपा (एकीकृत-समाजवादी) निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, बुद्धिजिवी परिषद र पेशागत महासंघ नेपाल गठन भएका छन् । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा तारा प्रसाद लुइँटेल चयन भएका छन् ।

बुधबार सम्पन्न भेलाले उपाध्यक्षमा भिमलाल पुरी र कुबिजा देबी अधिकारी गैरे, सचीव रेशमलाल ढकाल चयन भएका छन् । उपसचिव टकबहादुर नेपाली सहित २७ सदस्यीय जिल्ला कमिटी गठन भएको सचिव रेशमलाल ढकालले केन्द्र खवरलाई जानकारी दिए ।

यसैगरी नेपाल बुद्धिजीवी परिषद् (समाजवादी( स्याङजाको अध्यक्षमा कृष्ण प्रसाद न्यौपाने चनय भएका छन् । उपाध्यक्षमा ध्रुवराज पनेरु लागायतको १७ सदस्यीय बुद्धिजिवि परिषद् गठन भएको हो ।

पेशागत महासंघ नेपाल (समाजवादी) स्याङ्जाको अध्यक्षमा प्रेम केसी चयन भएका छन् । उपाध्यक्षमा शंकरध्वज कार्की र सचीवमा नारायण प्रसाद अर्याल सहित १५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।

  • १२ माघ २०७८, बुधबार १७:०३ प्रकाशित