थपिए ८ हजार ४५४ संक्रमित, ५ जनाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं।

पछिल्लो २४ घण्टामा ५ संक्रमितको ज्यान गएको छ । भने सोही अवधिमा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस १९  को संक्रमण पुष्टि भएको हो ।

४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

  • १२ माघ २०७८, बुधबार १६:३३ प्रकाशित