यी प्रदेश जहाँ कुल जनसंख्याको सबैभन्दा धेरै र कम जनसंख्या रहेछ!

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास रहेको देखिएको हो।

यस्तै सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।

नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेको विभागको तथ्यांकमा उल्लेख छ । यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।

  • १२ माघ २०७८, बुधबार १५:२५ प्रकाशित