हिंसात्मक बन्दै सीके राउतका कार्यकर्ताः चिकित्सक र जनप्रतिनिधिमाथि आक्रमण

केन्द्रभाग मिडिया

file photo

धनुषा ।

सीके राउत नेतृत्वका कार्यकर्ता हिंसात्मक बन्दै गएका छन् ।

आज राष्ट्रिय सभा निर्वाचनको दिन ‘मल देउ, मत लेउ’ भन्ने नारा लगाउँदै प्रर्दशनमा उत्रिएका उनीहरुले जनकपुरमा सरकारी सवारी साधनमा तोडफोड गरेका छन् ।

निर्वाचनलार्ई खलबलाउने उद्देश्यले प्रर्दशनमा उत्रेका उनीहरुले सवारी तोडफोड मात्र हैन आक्रमण समेत गरेका छन् । उनीहरुले चिकित्सकदेखि जनप्रतिनिधिसम्मलाई आक्रमण गरेका छन् ।

प्रदर्शनकारीले जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिष साहमाथि जनकपुरधामको पिडारी चोकमा आक्रमण गरेका छन्। आक्रमणमा घाइते भएका डा. साहको मुखमा ८ वटा टाँका लगाइएको छ । डा. साह चढ्ने प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

प्रदर्शनकारीहरुले आक्रमण गर्दा सर्लाही जिल्लाका हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाई र उममेयर रेणुका पौडेल घाइते भएका छन् ।अहिलेसम्म प्रदर्शनकारी र प्रहरी बीच भएको झडपमा ८ जना प्रदर्शनकारी तथा ४ जना प्रहरी घाइते भएका छन्

मधेस प्रदेशमा जारी राष्ट्रियसभा निर्वाचनमा अवरोध गर्ने उद्देश्यले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मतदानका लागि आउँदै गरेका जनप्रतिनिधि सवार ८ वटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।

  • १२ माघ २०७८, बुधबार १५:०५ प्रकाशित