यस्तो छ आजको मुद्रा विनिमयदर सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज बुधबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ कायम गरेको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र विक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८५ पैसा र विक्रीदर १६१ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३२ पैसा र विक्रीदर ८५ रुपैयाँ ७५ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्रीदर १० रुपैयाँ ५१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • १२ माघ २०७८, बुधबार ०९:५९ प्रकाशित