सुदूरपश्चिममा पहिलो पटक ओमिक्रोनः चार जनामा संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

धनगढी ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ओमिक्रोनको संक्रमित भेटिएका छन् ।

चार जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ । कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एकरएक जनामा ओकिक्रोन पुष्टि भएको जानकारी दिए । उनीहरू सबै भारतबाट स्वदेश फर्किएकाहरु रहेको बताइएको छ।

अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ ।

  • ११ माघ २०७८, मंगलवार १४:५६ प्रकाशित