गण्डकी अपडेटः सक्रिय संक्रमित ५ हजार नाघे, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९४९ संक्रमित थपिएका छन् ।

१ हजार ६३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सोही अवधिमा १८६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका ४५६,गोरखाका ३५, मुस्ताङका ४, म्याग्दीका ४९,लमजुङका ९६, तनहुँका १००, नवलपरासीका ४७, बागलुङका ९,पर्वतका ७८ र स्याङ्जाका ७५ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९४ हजार ९५९ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ८०१ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६९ हजार ७८४ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा ५ हजार ७२५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५ हजार ६२३ जना होम आइसोलेसनमा रहेका छन् ।

हालसम्म प्रदेशमा १ हजार ४३३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • १० माघ २०७८, सोमबार १६:१७ प्रकाशित