बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीमा कोरोनाः उपचार सेवा प्रभावित

केन्द्रभाग मिडिया

सुनसरी ।

पछिल्लो समय कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मी लाई कोरोना भएको बताइएको छ ।

ठुलो संख्यामा स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि उपचार सेवा प्रभावित भएको छ। नियमित शल्यक्रिया, ओपिडी सेवा र वार्ड राउण्ड प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ।

संक्रमित हुने चिकित्सक, नर्स र हेल्परको संख्या क्लिनिकल क्षेत्रका मात्र हुन् ।चिकित्सक, नर्स र प्राविधिकहरु संक्रमित भएपछि उनीहरु सबै हाल होम क्वारेन्टिनमा छन् ।

  • १० माघ २०७८, सोमबार १४:१७ प्रकाशित