कोठा भित्र आगो ताप्दा निस्सासिएर ३ महिने बालकको मृत्यु, आमाबाबाको अवस्था सिरियस

केन्द्रभाग मिडिया

dead

काठमाडौं ।

चिसोको बेला न्यानो हुन कोठा भित्रै आगो ताप्दा निस्सासिएर ज्यान जानेको संख्या दिनदिनै बढीरहेको छ । यसैबीच भक्तपुरमा आगो ताप्दा कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित जस्ताले छाएको घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको हो ।

रामेछाप मन्थली नगरपालिका घर भई हाल गाम्चामा बस्ने ३० वर्षका अभिषेक रम्तेलका ३ महिनाको छोराको आगो तापने क्रममा निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

मन्थलीका ३० वर्षका अभिषेक रम्तेल, श्रीमती २८ वर्षीया पसुना तामाङ र ३ महिनाको छोरा गाम्चास्थित डेरामा बस्दै आएकोमा हिजो बेलुका खाना आएर आगो तापेर सुत्ने क्रममा निस्सासिएर नाबालकको ज्यान गएको हो ।

बिहान अवेर सम्म पनि नउठेपछि स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अबस्थामा देखिएपछि तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियोृ । उपचारकै क्रममा आज बिहान साढे ८ बजे ३ महिनाको छोराको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बालकका आमाबुबाको अवसथा सिरियस रहेको प्रहरीले जनाएको छ।

  • ९ माघ २०७८, आईतवार १५:२२ प्रकाशित