प्रम देउवाको सम्बोधनप्रति प्रेस वक्तव्य जारी गर्दै एमाले अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीलाई गरेको सम्बोधन प्रति पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् ।

ओलीले प्रेस वक्तव्यमार्फत धारणा सार्वजनिक गर्ने जनाइएको छ। यसअघि एमाललेले आज पत्रकार सम्मेलन नै गर्ने तय गरेको थियो । तर कोभिड संक्रमणको जोखिच उच्च हुँदै गएपछि पत्रकार सम्मेलन स्थगित गरेको छ ।

प्रधानमन्त्रीको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन गर्न लागेको थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीलेसमग्र विषयमा पार्टीको धारणा राख्ने बताइएको थियो । तर, पछिल्लो समयमा देखिएको उच्च संक्रमणदर र स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यान दिँदै प्रेस वक्तव्यमार्फत अध्यक्ष ओलीले पार्टीको धारणा जनतामा सार्वजनिक गर्ने भएका हुन् ।

एमालेले देउवाले अघिल्लो सरकारको कामलाई आफ्नो सरकारको उपलब्धि भन्दै प्रचार गरेको भन्दै आपत्ति जनाएको छ।

  • ९ माघ २०७८, आईतवार ०९:५५ प्रकाशित