पोखरा ।
नेपाल पुलिस क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै पुलिस क्वाटरफाइनलमा पुगेको हो ।
पोखरा रंगशालामा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएको थियो।
त्यसपछि थपिएको अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा भने पुलिसले बाजी मार्यो ।
पेनाल्टी अघि खेलको ५२ औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
तीर्थ रनमा मगरको पासमा उनले सहजै गोल गरे ।
तर, ५९ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १(१ गोलको बराबरीमा ल्याएका थिए।
पेनाल्टी क्षेत्रभित्र पुलिसका डिफेन्डर सन्तोष हेमरनलाई लाग्दै फर्किएको बलमा विश्वासले सुन्दर गोल गरे ।
अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।