क्रिप्टो करेन्सी कारोबार गर्ने पर्वतका राजनसहित ३ जना पक्राउ

केन्द्रभाग मिडिया

नेपाल राष्ट्र  बैंकको नियम विपरित क्रिप्टो करेन्सी कारोबार गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत जिल्ला फलेबास नगरपालिका ११ कर्नास घर भई पोखरा बस्दै आएका वर्ष २१का राजन भट्टराई, सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ४का वर्ष २५का बिशाल श्रेष्ठ र काठमाडौँ महानगरपालिका ११ थापाथलीका वर्ष २७का दिपेनराज श्रेष्ठ रहेको महानगरीय अपराध महाशाखाले काठमाडौंले जानकारी दिएको छ । उनीहरुलाई प्रहरीले हिजो बिहिबार पक्राउ गरेको हो ।

क्रिप्टो करेन्सी बिटक्वाइनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा प्रहरीले उनिहरुमाथी अनुसन्धान सुरु गरेको थियो ।पक्राउ परेका भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसँग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २६ लाख कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिएको महाशाखाले जनाएको छ ।

उनिहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

  • ७ माघ २०७८, शुक्रबार १६:५० प्रकाशित