ननीटंन तमु समाजमा नयां नेतृत्व, अध्यक्षमा हरिकुमार घले

केन्द्रभाग मिडिया

पोखरा ।

बेलायतको ननीटंन तमु समाजको नयाँ नेतृत्वमा हरिकुमार घले चयन भएका छन् । समाजको ८ औं अधिवेशनबाट घलेको नेतृत्वमा नयां कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी कमलमान गुरुङ चयन भएका छन् । भने सचिवमा चौ गुरुङ, सहसचिवमा विकास गुरुङ, कोषध्यक्षमा भुपाल गुरुङ र सहकोषाध्यक्षमा लोकेश गुरुङ चुनिए ।

यसैगरि कुमार गुरुङ, सन्तोक गुरुङ, किशोर कुमार गुरुङ र आश कुमार गुरुङले विभिन्न महत्वपूर्ण पदको जिम्मेवारी पाएका छन् ।
समाजका नवनिर्वाचित उपाध्यक्ष कमलमान गुरुङका अनुसार कार्यसमिति सदस्यहरुमा अर्जुन गुरुङ, शेरबहादुर गुरुङ, दिपक गुरुङ चुलासाज गुरुङ, श्रुती गुरुङ, मनोज गुरुङ चयन भएका छन् ।

ननीटंन समाज घर

 

समाजको आमा समुह तर्फको नेतृत्व माया घलेले सम्हाल्ने छिन् । उपाध्यक्षका रुपमा ज्योती गुरुङ निर्वाचित भएकी छिन् । यसैगरि युवातर्फबाट टिका गुरुङ, मिलन गुरुङ र निक्का गुरुङ चयन भएका छन् । उक्त समाजमा २ सय ७५ घरधुरी बढि आबद्ध रहेका छन् । विशेषगरी सो समाजमा ब्रिटिश गोर्खा परिवारको बाहुल्यता रहेको छ ।

नवनिर्वाचित अध्यक्ष घलेले सो समाजको परिचय फराकिलो बनाउनका लागि आगामी दिनमा सोही अनुरुपका कामहरु अगाडी बढाउने प्रतिबद्धता जनाएका थिए । उनले कोरोना भाईरसको महामारीबाट सबैलाई सुरक्षित रहन अनुरोध गर्दै अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

  • ७ माघ २०७८, शुक्रबार १६:१२ प्रकाशित