पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

केन्द्रभाग मिडिया

फाइल तस्वीर

चितवन ।

नारायणगढ(मुग्लिन सडकको तोपेखोलामा सुख्खा पहिरो झरेर सवारी आवागमन बन्द भएको छ।चितवनको इच्छाकामना गाउँपालिका-६ अन्तर्गत तोपेखोलामा राति अन्दाजी साढे २ बजे सुख्खा पहिरो झरेर दुबैतर्फ बाटो अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिले पहिरो पन्छाउने कार्य भइरहेको जानकारी दिएको छ।पहिरो हटाउन केही घण्टा समय लाग्ने उक्त कार्यलयले जनाएको छ।

  • ७ माघ २०७८, शुक्रबार ०८:५९ प्रकाशित