त्रिविका सबै परीक्षा स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गर्ने भएको छ।

परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। शुक्रबार र शनिबार भोलि र पर्सि हुने प्रवेश परीक्षा भने यथावत रहने छ ।

कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।

  • ६ माघ २०७८, बिहीबार १६:४४ प्रकाशित