गण्डकी अपडेटः संक्रमितको होम आइसोलेसनमै मृत्यु, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा ।
गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ ।

ज्यान जानेमा गोरखा जिल्ला पालुङटार नगरपालिका २ की६९ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको होम आइसोलेसनमै रहेको अवस्थामा ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ४ सय ३० पुगेको छ ।

यस्तै आज बिहिबार एकै दिन ६२७ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ११ सय ७५ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।सोही अवधिमा ७० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका २४१,गोरखाका ४१, म्याग्दीका ४४,लमजुङका २६, तनहुँका ६७, नवलपरासीका ६०,बागलुङका ३७,पर्वतका ४ र स्याङ्जाका १०७ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९१ हजार ९८५ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार २१५ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६४ हजार ५५८ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा ३३ सय ४० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३२ सय ६२ जना होम आइसोलेसनमा रहेका छन् ।

  • ६ माघ २०७८, बिहीबार १६:२० प्रकाशित