शिक्षामन्त्रीले भने,‘बढी शुल्क लिने मेडिकल कलेज माथि थप एक्सन लिन्छौँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बढी शुल्क लिने मेडिकल कलेजमाथि थप एक्सन लिने बताएका छन् । पौडेलले गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गर्दै मेडिकल कलेजले नटेरेको भन्दै थप कारबाही अगाडी बढाउनुपर्ने बताएका हुन् ।

गत पुस ३० गते राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक र विद्यार्थीबीचको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही थाल्नेबारे दुईजनाबीच कुरा भएको छ।

शिक्षा मन्त्रालय विद्यार्थीको पक्षमा रहेको बताउँदै मन्त्री पौडेलले आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृहमन्त्रालयले आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका छन्। छलफलमा गृहमन्त्री खाँणले आफूहरु विद्यार्थीको पक्षमा रहेको बताएका छन् ।

 

 

  • ६ माघ २०७८, बिहीबार १६:१२ प्रकाशित