कांग्रेसको १६ जिल्लाको अधिवेशन कहिले ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांगेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ ।

कोभिडको तेस्रो लहरका कारण बढ्दो जोखिमका कारण माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केहीदिनमै यसबारे औपचारिक निर्णय लिइने जनाएको छ ।

सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू गरेको निर्देशिकामा २५ जनाभन्दा बढी सहभागि हुनेगरी औपचारिक भेला, समारोह आदि गर्न बन्देज लगाइएको छ । यसको प्रत्यक्ष प्रभाव कांग्रेसका बाँकी जिल्ला अधिवेशनमा देखिनेछ ।

कांग्रेसमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

  • ६ माघ २०७८, बिहीबार १५:३४ प्रकाशित