सत्तारुढ गठबन्धनको समन्वय समिति बैठक अचानक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । निर्वाचनको मिति तोक्नका लागि बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको समन्वय समितिको बैठक स्थगित भएको हो।

प्रदेशसभा र प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल गर्न बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको थियो ।

प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले संयन्त्रको बैठक स्थगित भएको जानकारी दिएका छन्। गठबन्धनभित्र स्थानीय निर्वाचन पहिले या संघीय निर्वाचन पहिले भन्ने विवाद छ।

  • ६ माघ २०७८, बिहीबार १३:३१ प्रकाशित