राष्ट्रियसभा निर्वाचन : संक्रमित मतदाताको लागि छुट्टै बाकस

केन्द्रभाग मिडिया

कोरोना संक्रमण तीव्र बनिरहेको बेला हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदानको व्यवस्था गरिने भएको छ।यहि माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका हुन्

निर्वाचन आयोगले १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो।

सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था गरी मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए।

यही माघ १२ गते राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि निर्वाचन हुँदैछ। राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतादाता रहने कानुनी व्यवस्था छ।

  • ६ माघ २०७८, बिहीबार ०९:४८ प्रकाशित