गठबन्धनको बैठक बस्दैः आज निर्वाचनको मिति टुंगो लगाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । समयमै निर्वाचन गर्न सहमत भएपछि आज गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने भएको छ।

आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्यनजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरे पनि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

  • ६ माघ २०७८, बिहीबार ०९:०६ प्रकाशित