कोरोना संक्रमण हालसम्मकै उच्च : देशैभर थपिए ११ हजार ३५२ संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणले आज रेकर्ड बनाएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा बताइएको छ ।

कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

  • ५ माघ २०७८, बुधबार १६:४२ प्रकाशित