गण्डकी अपडेटः एक संक्रमितको मृत्यु, यी १० जिल्लामा थपिए संक्रमित ? सूचीसहित

केन्द्रभाग मिडिया

 पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा लमजुङ जिल्ला मस्र्याङदी गाउँपालिका ६ का ८७ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनको जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ४ सय २९ पुगेको छ ।

यस्तै आज बुधबार एकै दिन ७०३ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १३ सय १ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।सोही अवधिमा ३८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका ३६५,गोरखाका ५८, मुस्ताङका १,म्याग्दीका १९,लमजुङका ३०, तनहुँका ८३, नवलपरासीका ४६,बागलुङका ११,पर्वतका ५ र स्याङ्जाका ८५ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९१ हजार ३५८ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार १४५ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६३ हजार ३८३ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा २७ सय ८४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २७ सय ११ जना होम आइसोलेसनमा रहेका छन् ।

  • ५ माघ २०७८, बुधबार १६:१० प्रकाशित