नेपाली विद्यार्थीको लागि खुशीको खबरः अष्ट्रेलियाले ल्यायो आर्कषक अफर !

केन्द्रभाग मिडिया

काठमाडौं ।

अष्ट्रेलियामा रहेका विद्यार्थी र विदेशी कामदारले अब २० घण्टा बढी काम गर्न पाउने भएका छन् । कोरोना संक्रमणको कारण कामदारको चर्को अभाव भइरहेकाले अष्ट्रेलियाले आजदेखि लागू हुने गरि यस्तो अफर ल्याएको हो ।

प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी आठ सातासम्म अष्ट्रेलिया भ्रमणमा जाने विदेशी कामदार र विद्यार्थीको लागि आकर्षक अफर ल्याएका हुन् । उनका अनुसार भिसा शुल्कमा छूट दिइने छ भने विद्यार्थी र विदेशी कामदारले सातामा २० घण्टाभन्दा बढी समयसम्म काम गर्न पाउनेछन् ।

सोमबार बसेको अष्ट्रेलियाली मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । काठमाडौंस्थित अष्ट्रेलियाली दूतावासले आजदेखि आठ हप्तासम्म यो नियम लागू हुने जनाएको छ ।

नेपाली विद्यार्थीको लागि यो खुशिको कुरा हो। अहिले अष्ट्रेलियाको भिसा शुल्क ६०० डलर छ । यो भिसा शुल्कमा छूट दिने निर्णय भएको हो ।

अष्ट्रेलिया सरकारको यो निर्णयपछि भिसाको पर्खाइमा रहेका झन्डै तीन हजार नेपाली विद्यार्थी लाभान्वित हुन पाउने भएका छन् ।

  • ५ माघ २०७८, बुधबार १५:३२ प्रकाशित