कोभिड नेपालः यी जिल्ला परे ‘रेड जोन’मा !

केन्द्रभाग मिडिया

कोरोना संक्रमण दोब्बरतेब्बरले वृद्धि हुने क्रम जारी रहेको छ।

पछिल्लो तथ्यांक अनुसार हिजो देशभर एकैपटक १० हजार २ सय ५८ जना संक्रमित थपिए । हाल देशका अधिकांश जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ भने संक्रमणको उच्च जोखिमको सूचीमा दिनदिनै जिल्लाहरु थपिएका छन् ।

संक्रमणदरको आधारमा हाल काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर ,मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली रेडजोनमा परेका छन् । यी जिल्लामा ५ सयभन्दा माथि संक्रमित अस्पताल भर्ना भएका छन्।
धनुषा, पर्सा, नवलपरासी पुर्व, बाँके, दाङ र कञ्चनपुरमा पनि कोरोना संक्रमित दैनिक बढिरहेका छन्।कास्कीमा हिजो मात्रै ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आगामी तीन साता संक्रमणको हिसाबले जोखिमपूर्ण हुने स्वाथ्यविज्ञ बताउँछन्।

  • ५ माघ २०७८, बुधबार १४:५३ प्रकाशित