काठमाडौं ।
नेपाल पुलिस क्लवलाई हराउँदै एपीएफले प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि सशस्त्रले २१ रनको जित दर्ता गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सफल भयो।
पहिलो बलमै विकेट गुमाएको पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए । ऐरीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यो टिमलाई जित दिलाउन पर्याप्त रहेन ।