गस्तीमा खटिएका प्रहरीमाथि लुटेरा समुहको आक्रमणः असई घाइते

केन्द्रभाग मिडिया

जनकपुर ।
धनुषामा गस्तीमा खटिएका प्रहरीमाथि लुटेरा समुहले आक्रमण गरेका छन् । लुटेराको समुहको आक्रमणबाट एक असई घाईते भएको धनुषा प्रहरीले जनाएको छ

लुटेरा समूहको आक्रमणबाट बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेल घाईते भएका हुन् ।

वडा नम्बर(४ स्थित राम्रो चोकमा गएराति लुटेरा समूहलाई नियन्त्रणमा लिएपछि असई पोखरेलमाथि आक्रमण भएको थियो । टाउकोमा चोट लागेको उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

लुटपाट र आक्रमणमा संलग्‍न ५ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका मध्ये मुख्य आरोपी रामजीवन ठाकुरको साथबाट नाइट्रोभेट ट्याब्लेट र चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

  • ५ माघ २०७८, बुधबार १३:०१ प्रकाशित