काठमाडौं ।
निर्वाचन आयोगले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि राष्ट्रियसभा सदस्यको निर्वाचन हुने जनाएको छ ।
निर्वाचनको अन्तिम तयारीमा रहेको आयोगले कोरोना संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्ने विषयमा आवश्यक सबै खालका तयारी गरेको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कोभिड संक्रमण र संक्रमित मतदाता पनि हुनसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिएको बताए ।माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशैभर २ हजार २२५ जना मतदाता रहेको आयोगले जनाएको छ ।