गण्डकी अपडेटः आज एकै दिन थपिए ६२६ संक्रमित, कुन जिल्लाका कति ? सूचीसहित

केन्द्रभाग मिडिया

 पोखरा ।
गण्डकी प्रदेशमा आज मंगलबार एकै दिन ६२६ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १२ सय ३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।सोही अवधिमा १६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका ३४७,गोरखाका२२,म्याग्दीका २५,लमजुङका ५०, तनहुँका ४१, नवलपरासीका २६,बागलुङका ३८,पर्वतका ७ र स्याङ्जाका ६९ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९० हजार ६५५ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार १०७ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६२ हजार ८२ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा २१ सय २० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २ हजार ६८ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।

  • ४ माघ २०७८, मंगलवार १६:३५ प्रकाशित