प्रधानन्यायाधीश जबराले बोलाए फूलकोर्टः यस्ता छन् एजेण्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज फूलकोर्ट बोलाएका छन् ।

कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो ।

न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने बताइएको छ । ​प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरूले माग्दै आएका कारण राणा बैठकमा बस्ने /नबस्ने टुंगो लागेको छैन।

  • ४ माघ २०७८, मंगलवार ०९:३८ प्रकाशित