यी स्थानमा हिमपातको सम्भावना : देशभर अझै चिसो बढ्ने

केन्द्रभाग मिडिया

काठमाडौं।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू(भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

  • ४ माघ २०७८, मंगलवार ०९:२७ प्रकाशित