अफगानिस्तानमा शक्तिशाली भुकम्प, २६ जनाको मृत्यु

केन्द्रभाग मिडिया

एजेन्सी ।

अफगानिस्तानमा शक्तिशाली भुकम्प गएको छ । भूकम्पमा परि २६ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये पाँच महिला र चार जना बालबालिकासमेत रहेका अफगानिस्तानी मिडियाले जनाएका छन्।

अफगानिस्तानको पश्चिमी प्रान्त बडघिसलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको ५.५ रेक्टर स्केलको भूकम्पमा परी ७०० भन्दा बढी घर भत्किएका छन्। दर्जनौं व्यक्ति घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

  • ४ माघ २०७८, मंगलवार ०९:०७ प्रकाशित