काठमाडौं ।
बालुवाटारमा आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्ने भएको छ।
बैठक अहिले केही बेरमा बस्दैँछ ।बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणालगायत विषयमा छलफल हुने जनाइएको छ।
यसअघि सोमबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।