एमालेको सर्कुलरः २५ जना भन्दा बढी सहभागी हुने कार्यक्रम नगर्नु

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना संक्रमण तीव्र बनेसँगै एमालेले पार्टीभित्र सर्कुलर जारी गरेको छ ।

एमालेले २५ जनाभन्दा बढीको सहभागिता रहने सबैखाले कार्यक्रम स्थगन गर्न निर्देशन दिएको छ ।सोमबार आन्तरिक सर्कुलर जारी गर्दैै एमालेले कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर मात्रै कार्यक्रम गर्न निर्देशन दिएको हो ।

यस्तै कोभिड (१९ प्रोटोकललाई ध्यानमा राख्दै सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारु राख्ने,२५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गर्ने ,पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्ने ,पार्टीका स्थानीय कमिटी, नेता(कार्यकर्ता र जनप्रतिनिधिहरू कोभिड– १९ को महामारीका विरुद्धमा आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहने एमालेले जनाएको छ ।

  • ३ माघ २०७८, सोमबार १७:०४ प्रकाशित