देउवा–प्रचण्डबीच भेटवार्ताः निर्वाचनका लागि भए सहमत

केन्द्रभाग मिडिया

काठमाडौं

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

कोरोनामुक्त हुनेबित्तिकै बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच स्थानीय निर्वाचन गर्ने सहमती भएको जनाइएको छ। दुई नेताबीचको भेटवार्तामा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत भएका हुन् ।

त्यसका लागि उनीहरुले मंगलबार बिहान नौ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझाव अनुसार चुनावको मिति तोक्ने बारेमा समेत उनीहरुबीच छलफल भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

  • ३ माघ २०७८, सोमबार १६:५१ प्रकाशित