काठमाडौंको चन्द्रागिरीमा चक्कु हानाहानः एकको मृत्यु, एक घाईते

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा दुई समुहबीच चक्कु हानाहान हुदाँ एक जनाको ज्यान गएको छ भने अर्का एक घाईते भएका छन् ।

महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीको अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।

काठमाडौं प्रहरीको अनुसार र एक जनालाई आइतबारै पक्राउ गरिएको थियो भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । ‘उनलाइै सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेका थिए । अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् ।

  • ३ माघ २०७८, सोमबार १४:२७ प्रकाशित