पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमणः भेटघाट बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोभिड संक्रमण पुष्टि भएको छ ।

स्वीकय सचिव हेमन्त रेग्मीले आफू र मन्त्री आले दुबैलाई भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । संक्रमण पुष्टि भएसँगै मन्त्री आलेले मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरेको उल्लेख गरेका छन् ।

दुबैजनालाई सामान्य लक्षण मात्र देखिएको र अवस्था सामान्य रहेको जनाइएको छ ।मन्त्री आले विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।

पछिल्लो समय व्यापारिक घराना बतासले बनाएको नारायणहिटी दरबारको क्याफे र पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको अनुगमनमा व्यस्त थिए । उनका स्वकीय सचिव हेमन्त रानालाईसमेत कोभिड संक्रमण भएको बताइएको छ ।

  • ३ माघ २०७८, सोमबार १२:३३ प्रकाशित