आज कुन देशको मुद्राको दर कति ? सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ।

युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ११ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रिदर १६२ रुपैयाँ ६६ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ७३ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • ३ माघ २०७८, सोमबार १०:०० प्रकाशित