तराईमा हुस्सु /कुहिरो : यी स्थानमा वर्षा र हिमपात हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार न्युन चापीय प्रणालीको कारण आज देशका केही प्रदेशमा मौसम बदली रहने छ। अहिले तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागि रहेको मौसम विभागले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै उल्लेख गरेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

राती देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

  • ३ माघ २०७८, सोमबार ०९:१८ प्रकाशित