प्रदेश २ : नाम र राजधानी तोक्न आज मतदान

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि सोमबार मतदान हुन लागेको छ। प्रदेश २ मा दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान हुन लागेको हो ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन नसकेपछि मतदान हुने भएको हो । प्रदेशसभाले ६ वटा नामको प्रस्तावलाई चार वटा र ६ वटा राजधानीको प्रस्तावलाई तीन वटामा सिमित गरेको छ।

सोमबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन पहिले मतदान हुने बताइएको छ।

राजधानीको प्रस्तावमा ‘वीरगञ्ज’ र ‘जनकपुरधाम’ प्रस्ताव गरिएको छ। त्यसैगरि मतदानका लागि ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ नाम प्रस्ताव गरेको छ।

सत्तारूढ जनता समाजवादी पार्टी  र नेकपा माओवादी केन्द्रको संयुक्त प्रस्ताव ‘मधेश प्रदेश’ मा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।

नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव गरेको छ । नेकपा एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ को प्रस्ताव गरेको छ।

  • ३ माघ २०७८, सोमबार ०९:०६ प्रकाशित