४९६१ जनामा कोरोना संक्रमण , ३ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।

  • २ माघ २०७८, आईतवार १७:०४ प्रकाशित