गण्डकी अपडेटः सक्रिय संक्रमितको संख्या ११ सय नाघ्यो, आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज (आइतबार) २१३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
सोही अवधिमा १६ संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका १५८,गोरखाका २,म्याग्दीका १,लमजुङका १२, तनहुँका ४, नवलपरासीका १२,बागलुङका ३,पर्वतका १ र स्याङ्जाका २० जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८९ हजार ६५१ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ६९ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६० हजार १४ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा १ हजार १ सय ५४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १ हजार १ सय १८ जना होम आइसोलेसनमा रहेका छन् ।
प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।

  • २ माघ २०७८, आईतवार १६:३१ प्रकाशित