न्यानो हुन कोइला बाली झ्यालढोका थुनेर बसेका एकै परिवारका चार जनाको मृत्यु

केन्द्रभाग मिडिया

सुर्खेत ।

सुर्खेतमा निस्सासिएर एकै घरका चार जनाको ज्यान गएको छ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा न्यानो हुनको लागि घरमा कोइला बाली झ्याल ढोका थुनेर उनीहरुको निस्सासिएर चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

  • २ माघ २०७८, आईतवार १४:५१ प्रकाशित