वालिङमा निशुल्क डायलाइसिस सेन्टर सञ्चालन

केन्द्रभाग मिडिया

स्याङ्जा।

नेपालमा पछिल्लो समय मृगौला रोगका पिडितको अवस्था दिनानुदिन बढ्दो छ । बिषादी खाद्यन्न, जथाभावी क्लिनिकबाट औषधी सेवन गर्ने, स्वास्थ्यलाई ख्याल नगर्दा मृगौला रोग बढ्ने गरेको चिकित्सकहरु बताउछन् ।

मृगौलाले काम गर्न छाडेपछि ज्यान जानबाट बचाउन गरिने डायलाइसिसका लागि पनि स्याङ्जाका मृगौला पिडित रोगीलाई निकै समस्या हुने गरेको थियो । यसलाई मध्यनजर गरेर स्याङजाको वालिङमा रोटरी क्लव अफ वालिङले निशुल्क डायलाइसिस सेन्टरको सुरुआत गरेको हो ।

मृगौला रोगी बढ्न थालेपछि स्याङ्जाको वालिङमा रोटरी अफ क्लव वालिङको पहलमा निशुल्क सुविधा सम्पन्न डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । करिब ७ करोड खर्च गरेर संचालनमा ल्याइएको वालिङ सामुदायीक डायलाइसिस सेन्टरमा दैनिक १६ जनाको उपचार गर्ने क्षमता रहेको छ ।

वालिङ नगरपालिका वडा नम्वर १० मा सञ्चालनमा ल्याइएको डायलाइसिस सेन्टर रोटरी क्लव अफ वालिङले वालिङ नगरपालिका र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेन्टर सञ्चालनमा ल्याएको हो ।

रोटरी क्लव अफ वालिङको प्रस्तावनामा रोटरी ईन्टरनेसनलले डायलाइसिस सेन्टर सञ्चालनका लागि ५ करोड र गौतमबुद्ध सामुदायीक अस्पतालले २ लाख खर्च गरेका छन् ।

वालिङ नगरपालिकाले उपलव्ध गराएको भवनलाई मर्मत गरेर डायलाइसिस सेन्टर संचालनमा ल्याइएको रोटरी क्लव अफ वालिङका पुर्व अध्यक्ष राजेन्द्र डुम्रेले बताए । मृगौला पिडित रोगीहरु डायलाइससि गर्न पोखरा वा पाल्पा जानुपर्ने बाध्यता रहदै आएको थियो ।

हरेक बर्ष स्याङ्जाबाट मृगौला पिडितले डायलाइसिसका लागि करोडौ खर्च गर्ने गरेको तथ्याङ्क पाएपछि रोटरी क्लव अफ वालिङले यसको योजनामा लागेको थियो । करिब ३ बर्ष लगाएर गौतमबुद्ध सामुदायीक अस्पताल बुटवलको आर्थिक र प्राविधिक सहयोगमा वालिङमा निशुल्क डायलाइसिस संचालनमा ल्याउन सफलता पाएको हो ।

मृगौला डायलाईसिस सेन्टरमा ११ वटा मेसिन जडान गरिएको छ । सेन्टर सञ्चालनको शुरुमा एक महिनामा ४८ जनाले उपचार गर्न सक्ने क्षमता रहेपनि बिरामीको चाप बढेमा बढाउन सकिने बताइएको छ ।

स्याङ्जामा हाल २ सय ४४ जना मृगौला रोगबाट पिडित रहेको तथ्याङ्क रहेको छ । डायलाइसिस गर्न बुटवल र पोखरा जानुपर्ने बाध्यताका कारण रकम अभावले ज्यान जानेदेखि सम्पती सकिएका घट्नाहरु आएका बेला यो सुविधा जिल्लामै शुरुआवत भएपछि स्थानीयहरु पनि खुशी भएका छन् ।

  • १ माघ २०७८, शनिबार १७:५७ प्रकाशित