मादी गाँउपालिका अध्यक्ष गुरुङलाई कोरोना संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङलाई कोरोना संक्रमण भएको छ । प्रमुख गुरुङले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

गुरुङले स्वास्थ्यमा सामान्य समस्या आए पछि परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका छन् । अध्यक्ष गुरुङले लेखेका छन्, “४ दिन अगाडिदेखि मलाई घाँटी दुख्ने÷असहज हुने, थकान महशुष हुने, टाउको र शरीरका मांशपेशी दुख्ने, हल्का शरिर तातिएको महशुष हुने, नाकबाट पानी आउने÷बन्द हुने भएपछि आज विहान एन्टिजेन परीक्षण गर्दा पोजिटिब रिपोर्ट आयो ।”

  • ३० पुष २०७८, शुक्रबार १५:४१ प्रकाशित